Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रिय सभा उपनिर्वाचन : गृहमन्त्री थापालाई नेपाल पक्षका देवकोटाको चुनौती

काठमाडौं। बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन आगामी जेठ ६ गते हुने तय भएको छ।

सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको तर्फबाट नेता रामबहादुर थापा र विपक्षी गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई अघि सार्दा नेपाली कांग्रेस, माओवादी केद्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव(बाबुराम भट्टराई समूहले एमालेको माधव नेपाल पक्षका देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेका हुन्।

यसअघि मंगलवार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता उपेन्द्र यादव र एमालेका नेता माधवकुमार नेपालबिचको छलफलले देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेसँगै थापाको प्रतिस्पर्धामा देवकोटालाई उम्मेद्वार बनाउने सहमति भएको हो।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसालाले माओवादी र एमालेलाई अलग गराएसँगै गृहमन्त्री समेत रहेका थापाले माओवादी पार्टी परित्याग गरेका थिए।
पार्टी परित्यागपश्चात् माओवादीले थापालाई सांसद पदबाट हटाएको थियो।

यसैबीच नेपाल पक्षका नेता देवकोटाले आफू राष्ट्रिय सभाको उम्मेद्वारका लागि छानिएको बारे अनौपचारिक जानकारी आएको बताउदै आगामी जेष्ठ छ गते थापासंग आफ्नो उम्मेदवारी हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077