Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकामा मात्रै एकैदिन ३,८३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा २ हजार ८५९ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जानमा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ।

यस्तै, मन्त्रालयका अनुसार  एकैदिन ५८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077