Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । आगामी बैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले चटारो भएको छ ।

बुधबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग संसदमा बिस्वासको मत दिन आग्रह गरेका नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले सभापति देउवासँगको छलफलपश्चात् आज बिहान स्थायी कमिटीको बैठक डाकेका थिए।

बिहानको बैठकमा संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

यसैबीच, प्रधानमन्त्रीओलीले राष्ट्रपति भण्डारी सँगको भेटपश्चात् मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

ओलीनिकट स्रोतका अनुसार आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

यसअघि बसेको आइतबार र सोमबारको मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्ने, अध्यादेश जारी गर्ने, राजदूत फिर्ता बोलाउने सम्मका निर्णय भएका थिए ।

बिश्वासको मत लिन लागेका ओलीले विहान स्थायी समिति बैठक, दिउँसो राष्ट्रपतिसँगको भेट र साँझ मन्त्रिपरिषद बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077