Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

    पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.2K
    SHARES

    फाइल तस्बिर

    कास्की। पोखरा विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् ।



    उनीहरुको बुधबार राति र बिहीबार बिहान गरी मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।



    मृत्यु हुनेहरुमा पोखराको चरक अस्पतालमा उपचारत पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुष,मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिला रहेको प्रवक्ता शर्माले बताए।

    डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान, पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति,म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार