Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भक्तपुरमा उपचार गर्दा गर्दै अक्सिजन सकिएपछि दुई जना सङ्क्रमितको मृत्यु

    भक्तपुरमा उपचार गर्दा गर्दै अक्सिजन सकिएपछि दुई जना सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल तस्बिर

    भक्तपुर। अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।



    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको मिजारको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए ।



    एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार