Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपत्यकामा एकैदिन ३,९७२ जनामा संक्रमण, निषेधाज्ञामाथि नै प्रश्न !

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा निषेधाज्ञा समेत लागू गरिएको छ। तर, निषेधाज्ञाले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै जाँदा निषेधाज्ञामाथि नै प्रश्न चिन्ह उठ्न सक्ने खतरा बढेको छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार भन्दा माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो। भने उपत्यकामा थपिएका संक्रमितको संख्या पनि अहिलेसम्मकै धेरै रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना कोरोना संक्रमित थपिएका छन्।

जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार ०७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७०  जनामा र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै, आज एकैदिन ५४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077