Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उपत्यकामा एकैदिन ३,९७२ जनामा संक्रमण, निषेधाज्ञामाथि नै प्रश्न !

    उपत्यकामा एकैदिन ३,९७२ जनामा संक्रमण, निषेधाज्ञामाथि नै प्रश्न !

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा निषेधाज्ञा समेत लागू गरिएको छ। तर, निषेधाज्ञाले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै जाँदा निषेधाज्ञामाथि नै प्रश्न चिन्ह उठ्न सक्ने खतरा बढेको छ।

    तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार भन्दा माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो। भने उपत्यकामा थपिएका संक्रमितको संख्या पनि अहिलेसम्मकै धेरै रहेको छ।



    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना कोरोना संक्रमित थपिएका छन्।



    जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार ०७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७०  जनामा र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    यस्तै, आज एकैदिन ५४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार