Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्री ओली र ‘रअ’ सम्झौता प्रकरण: पक्राउ परेका पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    प्रधानमन्त्री ओली र ‘रअ’ सम्झौता प्रकरण: पक्राउ परेका पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै नक्कली (फेक) समाचार छापेको उज्यालो नेटवर्क अनलाइनका सम्पादकलाई थुनामुक्त गर्न आदेश दिएको छ।

    आज सर्वोच्चले उक्त अनलाइनका कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई थुनामुक्त गर्न आदेश दिएको हो ।



    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने भन्दै थुनामुक्त गर्न आदेश जारी गरिएको बताइएको छ।



    प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेर पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

    यसअघि गत बैशाख १२ गते प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच ४ बुंदे सहमति भएको नक्कली (फेक) पत्रसहित समाचार प्रकाशित गरेको भन्दै उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक तामङ र महाप्रबन्धक लामालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो।

    तर, त्यतिबेला प्रहरीले तामाङ र लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार