Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अबैध रकम बोकेर किन नेपाल प्रवेश गरे भारतीय नागरिक ? यसरी परे प्रहरीको फन्दामा

    अबैध रकम बोकेर किन नेपाल प्रवेश गरे भारतीय नागरिक ? यसरी परे प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 2K
    SHARES

    पर्सा। सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट नजिकबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    सशस्त्र प्रहरीले कार्तिक १४ गते भारतको पूर्वी चम्पारण रक्सौला घर बताउने ४४ वर्षिय आमिदेर मिश्रलाई उक्त रकमसहित पक्राउ गरेको हो ।



    भारतबाट नेपालतर्फ आउँदै गरेका  मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको  स्रोत खुलाउन नसकेपछि पक्राउ परेका हुन।



    त्यसवेला उनको साथमा एक हजार दरको दुई सय वटा र पाँच सय दरको चार सय वटा रुपैयाँ फेला परेको थियो ।

    पक्राउ परेका मिश्रलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    उनले कुनै आपराधिक कामका लागि उक्त रकम बोकेर नेपाल आएको आशंका गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार