Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीलाई बिबादमा ल्याउने भारतीय गुप्तचर प्रमुखको पदावधि एक बर्ष थपियो

    ओलीलाई बिबादमा ल्याउने भारतीय गुप्तचर प्रमुखको पदावधि एक बर्ष थपियो

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (र’अ) का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स बिभाग ( आईबी) का प्रमुख अरबिन्द कुमारको पदावधि एक वर्ष थपिएको छ।

    भारतीया मिडिया  द हिन्दुका अनुसार आगामी जुनमा सकिन लागेको उनीहरु कार्यकाल एक वर्षका लागि थपिएको हो। गोयल सन् २०१९ मा रअ प्रमुख नियुक्त भएका थिए। उनको कार्यकाल अर्को महिनाको ३० तारिखमा सकिँदै थियो।



    गोयल पंजाब क्याडरका १९८४ व्याच आईपीएस अफिसर हुन्।



    उनको ब्याचमेट र असम मेघालय क्याडर आईपीएस अफिसर अरविन्द कुमार आईबीका प्रमुख हुन्जु। आईबी देशको प्रमुख जासूस एजेन्सी हो, जबकि र’अ भारत सरकारको बाह्य खुफिया एजेन्सी हो।

    आईबीले गृह मन्त्रालय अन्तर्गत काम गर्दछ भने र’अ ले केन्द्रिय प्रशासन र मन्त्रिपरिषद्को सचिवालयको मातहत कार्य गर्दछ।

    नेपाल-भारत सम्बन्धमा  गोयलले ठुलो प्रभाव परेका थिए।

    सरकारले लिपुलेक र लिम्पियाधुरासहितको नक्सा  संसदबाट पारित गरेपछि गोयल चार्टर्ड जहाजमार्फत कात्तिक ५ गते बिहान सुटुक्क काठमाडौं आएर राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो वार्ता गरेका थिए।

    गोयलले ओलीसँग भेटेर वार्ता गरेपछि ओली एकाएक भारतभक्त बनेको विश्लेषण हुने गरेको छ  ।  गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर प्रधानमन्त्री ओलीसँग वार्ता गर्न आएको परराष्ट्र मन्त्री प्रदिप  ज्ञवालीले दाबी गरेका थिए।

    ओलीले गरेको दोश्रो पटकको प्रतिनिधीसभाको बिघटन र अन्य राजनीतिक घटनाक्रमका बारेमा भारतले नेपालको आन्तरिक मामिला भएको बताएको छ। कतिपय भारतीय विश्लेषकले गोयलकै कारण नेपाल-भारत सम्बन्धमा बिकास भइरहेको टिप्पणी गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार