Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव पक्षद्वारा राजिनामा नदिने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव पक्षले राजिनामा नदिने निर्णय गरेको छ।

आज माधव पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने र राजिनामा पनि नदिने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउनु हो भन्दै नेता रावलले ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेको बताए।

ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओली पार्टीको वैधानिक अध्यक्ष नभएको दावी समेत गरे । रावलका अनुसार केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने निर्णय भएको छ।

पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको, विश्वासको मत दिने दिने एकदिन अघिमात्र अध्यादेश जारी गरेको, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको रावलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077