Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हामी रेशम चौधरीलाई संसदमा देख्न चाहन्थ्यौं : महन्थ ठाकुर

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु लोकतन्त्रमा पनि पीडित भएको बताएका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनुअघि सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अहिलेको संविधानले गर्दा आफूहरु पीडित भएको भन्दै पक्ष वा विपक्ष कुनैमा पनि मतदान नगर्ने स्पष्ट पारेका छन्।

आफ्नो पार्टीका सांसदहरु अहिले पनि जेलमा रहेको र यही संविधानले गर्दा आज आफूहरु पीडित भएको र आफूहरुको माग सम्बोधन नभएको भन्दै तटस्थ बस्ने निर्णय गरेको बताए।

'अहीले हामी रेशम चौधरीलाई संसदमा देख्न चाहन्थ्यौं', ठाकुरले भने, हाम्रो केन्द्रदेखि प्रदेशमा रहेका साथीहरु तारिखमा धाउनु परेको र राजनीतिक कारणले गर्दा जेल बस्नु उचित नभएको उनको भनाइ छ।

संवैधानिक संशोधन नगरेसम्म आफ्नो मागहरु सम्बोधन नहुने भन्दै आफुहरुलाई राज्यले छुट्टै व्यवहार गरेको र देशमा वर्तमान राजनीति र कोरोनाले गर्दा थप संकट उत्पन्न गरेको ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077