Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीमा दुई मन्त्रीको राजिनामा, तीन मन्त्री नियुक्तिको सिफारिसमा

सुर्खेत। कर्णाली प्रदेशका दुई मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आज आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले पदबाट राजीनामा दिएको स्रोतले जानकरी दिएको छ।

यस्तै, मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सचेतक सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् ।

उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077