Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी कारोवारमा संलग्न तीन भारतीय नागरिकसहित चार जना पक्राउ, ८२ लाख ५० हजार रुपैयाँ बरामद

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणको हुण्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भारतीय नागरिक र एक जना नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार भारत बिहार मोतिहारी जिल्ला घर भएका ३ जना क्रमश २७ बर्षीय विकास कुमार, १८ बर्षीय शाहील गुप्ता, २२ बर्षीय गडडु कुमार र बारा जिल्ला घर भएका १८ बर्षीय कलामुद्दीन अन्सारी रहेका छन्।

विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित फेला पारेर पक्राउ गरेको थियो ।

अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेकोजनाएको छ । पक्राउ परेकाहरुबाट ना प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077