Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनालाई जितेर पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरससँगको लडाईंलाई जितेर बुधबार राति घर फर्किएका छन् ।

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा  कोरोनामुक्त भएएर पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् ।

उनी राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  १९ दिनअघि नर्भिक अस्पतालमा शाह, पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी प्रेरणा भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो ।

लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् ।

भारतमा कुम्भ मेलामा गएर स्वदेश फर्केपछि पूर्व राजा र रानीलाई कोरोना संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077