Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर । कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सञ्चालन हुँदै आएको महेन्द्रनगरस्थित तरकारी बजार ९सब्जीमण्डी० बुधबारदेखि बन्द गरिएको छ । तरकारी बजारमा निकै भिडभाड हुन थालेपछि कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

तरकारी तथा फलफूल आपूर्तिका लागि स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न सकिने भएको छ । स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने जारी नयाँ आदेशमा उल्लेख गरिएको छ ।

खाद्यवस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजे सम्म मात्रै खोल्न पाइने छ । राष्ट्रिय गौरवका आयोजनाका हकमा निर्माण सामग्री, उपकरण र कामदार निर्माण स्थलमै राखी निर्माण गर्नेबाहेक अन्य सबै निर्माण कार्य स्थगन गर्ने निर्णय गरिएको प्रजिअ महतोले बताए।

अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने निर्णय गरिएको छ । राजस्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीका लागि एटिएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने छ । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म मात्र सहभागी हुन पाउने छन् । विवाह तथा व्रतबन्धको लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न पाइने छैन ।

साथै कोभिड–१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामाग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मुल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेबलिङ गर्ने जस्ता कार्य गर्नेलाई कडाभन्दा कडा कारवही गरिने, तथा आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना नगर्नेलाई कानूनी कारवाही हुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077