Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चपली हाइटको निर्णयले बिच्छिप्त बनेका प्रचण्डसँग बानेश्वरमा नेपालको जम्काभेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच पुन: जम्काभेट भएको छ ।

आज संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि उनीहरुबीच भेट भएको हो ।

भेटका क्रममा नेताहरु पचण्ड, नेपाल , भीम रावललगायतका केही नेताहरु एकै कोठामा बसेका थिए । त्यसमा क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन।

वैकल्पिक सरकारका लागि विपक्षी गठबन्धनलाई साथ दिने तयारीमा रहेका नेता नेपालले हिजो अन्तिम समयमा हात जिकेर पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएका थिए।

नेता नेपालले हिजो अध्यक्ष ओलीसँग बूढानीलकण्ठ, चपली हाइटस्थित बिबादस्पद ब्यापारी रामेश्वर थापाको घरमा बसेर झन्डै चार घण्टा छलफल गरेपछि प्रचण्डलगायत कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिनबाट पछि सरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077