Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको विवाद मिलाउन कार्यदलको नाम टुंगाउने जिम्मा ओली र नेपाललाई

    एमालेको विवाद मिलाउन कार्यदलको नाम टुंगाउने जिम्मा ओली र नेपाललाई

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच भएको वार्ता सकिएको छ।

    शुक्रबार साँझ सिंहदरबारमा भएको दुई घण्टा लामो छलफलमा बिबाद मिलाउन कार्यदलको नाम टुंगाउनका लागि ओली र नेपाललाई जिम्मा दिइएको छ ।



    शुक्रबार साँझ सिंहदरबारमा भएको दुई घण्टा लामो छलफलमा कार्यदलको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिइएको हो ।



    वार्तापछि एमाले नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल भएको उल्लेख गरे ।

    २०७५  जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भएको पनि उनले जनाए।

    वार्तामा प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा,  विष्णु पौडेल, विष्णु रिमाल तथा नेपाल पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त संलग्न थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार