Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

    घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सरकारले चिकित्सकको सिफारिसविना घरमा राखिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ ।

    कतिपय व्यक्तिले डाक्टरको सल्लाहविनै घर घरमा अक्सिजन सिलण्डर लगेर राखेको पाइएको भन्दै मुख्यसचिव स्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले घरमा राखिएका सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो ।



    मन्त्रालयले नजिकको अस्पताल या स्थानीय प्रशासनमा अक्सिजन सिलिन्डर बुझाउन भनेको छ ।



    घरमा अक्सिजन राखेरनराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र सिलिन्डर दिएरनदिएको अनुगमन गर्न पनि मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिनुभयो ।

    यस्तै हरेक अक्सिजन उद्योगमा अक्सिजन सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार