Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनको सिएमसी अस्पतालमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु, २०० जना गम्भीर

चितवन। जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५ पुरुष र १ महिला रहेका छन् ।

आस्पतालका अनुसार आईसीयूर भेन्टिलेटरमा गरेर कोरोनाका झण्डै २०० जना गम्भीर बिरामी रहेका छन् । जसमा आईसीयूमा १४३ र भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् ।

यस्तै, आज अस्पतालका १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५२ पुगेको अस्पतालले जनाएको छ।

यसैगरी, कलेजमा विगत २४ घण्टामा १८ जना कोरोना संक्रमित बिरामीहरु निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077