Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मोरङबाट काठमाडौं ल्याइयो ३४३ सिलिण्डर अक्सिजन

    मोरङबाट काठमाडौं ल्याइयो ३४३ सिलिण्डर अक्सिजन

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रदेश १ का अक्सिजन उद्योगले आफ्नो प्रदेशको माग पूरा गरी काठमाडौंका लागि अक्सिजन पठाउन थालेका छन् । प्रदेश १ का मोरङ र सुनसरीका उद्योगले काठमाडौंसहित जिल्लामा अक्सिजन आपूर्ति पनि गर्न थालेका हुन् । हालसम्म सेनाको स्काई ट्रकमार्फत १८०, स्थल मार्ग हुँदै १६३ सिलिण्डर रिफिल गरेर काठमाडौं पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । त्यसैगरी मोरङबाट १ सय सिलिण्डर भैरहवा र ६० सिलिण्डर भक्तपुर ल्याइएको छ ।

    ति उद्योगहरुले काठमाडौं उपत्यकासहित अभाव भएका अन्य जिल्लामा मेडिकल अक्सिजन उपलब्ध गराउने जनाएका छन् । मोरङका प्रजिअ निरौलाका अनुसार मोरङका उद्योगले आन्तरिक माग धानेर काठमाडौंलगायत अन्य जिल्लामा अक्सिजन पठाइरहेको बताए ।



    ‘विराटनगरको माग धानेको छ, बाहिरबाट आएका सिलिण्डर पनि रिफिल गरेर पठाइदैछ’ उनले भने, ‘सेनाको हेलिकप्टरले ३ पटक काठमाडौँ लागिसक्यो ।’ उनका अनुसार मोरङ र सुनसरीबाट मकवानपुर, भैरहवा, डडेलधुरासम्म अक्सिजन पठाइएको छ ।



    यद्यपी प्रदेश १ ले त्यहाँको सिलिण्डर नपठाइ रिफिल मात्र गरेर पठाएका हुन् । यसअघि १० घण्टा मात्रै चलेका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरेर अक्सिजन रिफिल भइरहेको छ ।

    मोरङ र सुनसरीमा पाथिभरा, मारुती, दुर्गा, विनायक र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । ती उद्योगले दैनिक तीन हजार भन्दा बढी सिलिण्डरमा अक्सिजन रिफिल गर्न सक्छन् । विनायकले दैनिक १८ सय सिलिण्डर, दुर्गाले ५८०, मारुतीले ५०० र हिमालले साढे ३ सय सिलिण्डर रिफिल गर्न सक्ने सम्बन्धित उद्योगले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार