Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कर्णालीमा दुई मन्त्री नियुक्त

    कर्णालीमा दुई मन्त्री नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषदमा दुई मन्त्री नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गरेका छन् । यस अघि बिन्दमान विष्टलाई पनि मन्त्रीमा नियुक्त गरिएको थियो ।



    मुख्यमन्त्री शाहीले गत बुधबार आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गरेका थिए । कांग्रेसले दुई मन्त्रालय मागेपछि सपथ ग्रहण स्थगित गरिएको थियो ।



    अब सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा मन्त्रालय दिइ विश्वासको मत दिएर मुख्यमन्त्रीको पद जोगाइदिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने तयारी शाहीले गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार