Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

भण्डारी र आश्रितको विसं २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सडक दुर्घटनामा परी मृत्यु भएको थियो।

उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले लेखेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

यस्तो छ नेता नेपालले मदन-आश्रितको सम्झनामा जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077