Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ला लिगा : बार्सिलोना उपाधि होडबाट बाहिरियो

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ ।

आईतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सेल्टा डी भिगोसंग २-१ले पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

बार्सिलोनाले खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमार्फत लिएको थियो ।

त्यसको १० मिनेटमा सेल्टा डी भिगोले बराबरी गोल फर्कायो । सान्टी मिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ उनै मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

सेल्टा भिगोसँगको हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पूर्णविराम लागेको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो ।

लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077