Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनबाट थप ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगे

काठमाडौं । चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थप ५ सय ७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगेको छ ।

आज दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

आइतबार आएका ४ सय र सोमबार आएका ५ सय ७५ गरी चीनबाट नेपालमा ९ सय ७५ थान अक्सिजन सिलिण्डर आइपुगेको महाप्रबन्धक पौडेलले बताए । पौडेलका अनुसार सिलिण्डरसँगै १ सय ५७ वटा अक्सिजन कन्सनट्रेटर पनि आइपुगेको छ ।

पौडेलले वायु सेवा निगमको  जहाज आज राति चीनको राजधानी बेइजिङ गएर भोलि पुनः अक्सिजन र कन्सन्ट्रेटर लिएर आउने जानकारी दिए । यस्तै, भोलि राति पुनः गएर पर्सी पनि स्वास्थ्य सामग्री ल्याउने तालिका रहेको बताए ।

यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५ सय ५० वटा अक्सिजन सिलिण्डर नेपाल ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077