Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीद्वारा छिट्टै विश्वासको मत लिने दाबी , कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले सातामा एक/ एक उडान हुने गरी कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री  आपूर्ति नै रोकिएको भन्दै दुई देशमा सातामा एक/ एक उडान हुने गरी उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिरिषद् बैठक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा केन्द्रित भएको थियो ।

बैठकमा स्वास्थ्य संकटकाल लगाउने कि भन्नेबारेमा छलफल भएपनि कुनै निर्णय हुन सकेन। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी दिएका छन् ।

संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली विश्वासको मत लिन नसके पदमुक्त हुने अवस्था छ।

ओलीले अल्पमतको सरकार बनाएपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन मिल्दैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077