Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कैलालीमा खैरो हिरोइनसहित ‘दिलु-राधा’ पक्राउ

    कैलालीमा खैरो हिरोइनसहित ‘दिलु-राधा’ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    कैलाली। इलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोइनसहित २ जना युवतीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका ७ का २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डे रहेका छन्। उनीहरु दुबैलाई सोमबार दिउँसो प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।



    न्यौपानेका अनुसार उनीहरुको साथबाट करिब ९।९५० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका उनीहरुमाथि म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार