Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

    लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई पक्राउ गरेको छ ।

    मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।



    उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१।७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ ।



    पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन् । यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ । त्यस्तै मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलान्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागुऔषध उपलव्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।

    यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ । उनीहरु सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार