Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लागुऔषध कारोबारी नियन्त्रणमा लिन दुई राउन्ड फायर, ४०५ केजी गाँजा बरामद

    लागुऔषध कारोबारी नियन्त्रणमा लिन दुई राउन्ड फायर, ४०५ केजी गाँजा बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 831
    SHARES

    सुनसरी । सुनसरी प्रहरीले सप्तकोशी नदीको किनारबाट ४०६ केजी लागूऔषध गाँजा लोड भएको बोलेरो गाडीसहित दुई जनालाई पक्राउ गरेको छ ।

    सुनसरी बराहक्षेत्र नगरपालिका-९ राजाबाँसस्थित नदीको किनार मंगलबार बिहान उनीहरूलाई प्रहरीले दुई राउन्ड फायर गरेर पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा धरान उप–महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी-८ का २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।



    विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको छ । पक्राउ परेकाहरू माथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार