Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लागूऔषध खैरो हिरोइनसहित दुई कारोबारी पक्राउ

    लागूऔषध खैरो हिरोइनसहित दुई कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 366
    SHARES

    फाइल तस्विर

    धरान । लागूऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

    सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार टोलबाट उनीहरू पक्राउ परेका हुन् ।



    पकाउ पर्नेमा रामधुनी गाउँपालिका-३ का ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका-१ का १९ वर्षीय रन्जनकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



    उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग गरिएको प्रदेश १-०२-०४७ प ४४६९ नम्बरको मोटरसाइकल र १ ग्राम २ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार