Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लागूऔषधसहित चारजना पक्राउ

    लागूऔषधसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 393
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा एकै दिन चारजना लागूऔषधसहित पक्राउ परेका छन् ।

    भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र भीमदत्त नगरपालिका–१ का २६ वर्षीय प्रदिप परियार रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार