Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ठूलो परिमाणमा लागुऔषधसहित धुनिया पक्राउ

    ठूलो परिमाणमा लागुऔषधसहित धुनिया पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 621
    SHARES

    गोरखा । ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेका एकजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालयले आबुँखैरेनीले रुपन्देही जिल्ला समरीमाई गाउँपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय सलिम धुनियालाई पक्राउ गरेको हो ।



    मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख २९६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा धुनियालाई आठसय ९४ थान लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले जनाएको छ ।



    धुनियाको साथबाट प्रहरीले कालो झोलाभित्र लुकाएर ल्याएको फेनार्गन २९८ थान, बुप्रेनोर्फिन २९८ थान र डाइजेपाम २९८ थान गरी ८९४ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

    धुनियालाई तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बतायउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार