Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहमन्त्री बादल कोटेश्वरमा, माधव पक्षसँग मतदानको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा 'बादल'पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास गएका छन्।

आगामी जेठ ६ गते हुने बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनबारे आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै गृहमन्त्री ‘बादल’ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्।​

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्।

नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077