Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई ठुलो धक्का लाग्ने संकेत , नेपालको सचिवालयद्वारा खण्डन

काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा 'बादल'लाई ठुलो धक्का लाग्ने अवस्था देखिएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेसँगै बादल समस्यामा पर्ने भएका हुन। बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको भन्दै झुटो सूचना प्रवाह गरेपछि नेपालको सचिवालयले आपत्ति जनाएको हो। नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ ।

नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने सहमति नभएको बताएका छन् । आफ्नै पहलमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको हुनाले मतदाताले स्वविवेक प्रयोग गर्न पाउने नेता नेपालले स्पष्ट पारेका हुन ।

नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘ आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’ त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077