Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहाको पटेर्वाबाट कटुवा पेस्तोल बरामद

रामनारायण यादव / सिरहा  । सिरहामा प्रहरीले बुधबार एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।

सिरहा नगरपालिका वडा नम्वर १७ पटेर्वा बस्ने २७ वर्षीय धिरु यादवले रक्सी खाएर गाउँमा हो–हल्ला गरि रहेको अवस्थमा स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलिलाई देखेपछि उनी भागदै गरेको क्रममा उनको साथमा रहेको खालि कटुवा पेस्तोल खसेको थियो । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले खालि कटुवा पेस्तोल बरामद गरेको हो ।

उक्त पेस्तोल प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको खोजि कार्य तीब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077