Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ 

मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका-१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका-१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

उनीहरुलाई विराटनगर महानगरपालिका-११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत नारामद गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने उक्त कार्यालयले जनाएको   छ । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077