Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

उपत्यका बाहिर रहेका सांसदहरुलाई कांग्रेसको निर्देशन - ४ बजेभित्र काठमाडौँ आउनु

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपत्यकाबाहिर रहेका आफ्ना सबै सांसदलाई चार बजेभित्र काठमाडौं फर्कन निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उक्त निर्देशन दिएको एक सांसदले जानकारी दिए।

उनका अनुसार उपत्यका बाहिर रहेकालाई मेसेजमार्फत खबर गर्दै काठमाडौँ आउन निर्देशन दिएको र काठमाडौंमा रहेका सांसदहरुलाई भने ‘स्ट्याण्ड बाइ’ बस्न भनिएको छ।

केहीबेर अघि सभापति देउवा निवासमा बिपक्षी गठबन्धनको समेत छलफल भएको थियो। जसमा ठोस निर्णय भने हुन बाँकी रहेको बुझिन्छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको लागि आज बेलुका ५ बजेसम्मको समय दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077