Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीको दावी गर्दै देउवा भन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतलनिवास

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपति भवन शितल निवासमा पुगेका छन्।

सभापति देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर संकलन गरेपछि उनी शितल निवास पुगेका हुन्।

तर, देउवा पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । १० मिनेट पहिले नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ । उनी नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको स्रोतको भनाइ छ।

जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको स्रोतले बताएको छ।

देउवाको समर्थनमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल पक्षका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र(बाबुराम पक्षका १३ जना समेत गरेर १४९ जना भएका छन्। नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।

बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077