Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • देउवाको भन्दा धेरै १५३ जना सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको दावी

    देउवाको भन्दा धेरै १५३ जना सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको दावी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

    दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकर बिष्णु रिमालले जानकारी दिएका छन्।



    रिमाले सामाजिक सञ्जालमा लेखेका छन्,’नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।’



    अहिले शितलनिवासमा बिपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा दावी पेश गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आफुसंग १४९ जनाको हस्ताक्षर भएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार