Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रपतिलाई माधव नेपालको प्रश्न – म यहीँ छु, मेरो हस्ताक्षर कसरी म भन्दा पहिल्यै आयो ?

    राष्ट्रपतिलाई माधव नेपालको प्रश्न – म यहीँ छु, मेरो हस्ताक्षर कसरी म भन्दा पहिल्यै आयो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गरेका छन् ।

    विपक्षी गठबन्धनका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदमा आफ्नो पक्षका २७ जनाको समेत हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए ।



    एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका बेला नेता नेपालले एस्तो प्रश्न गरेका हुन्।



    दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमाले माधव पक्षसहितका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरु सबैको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ ।

    बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार