Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुख सापकोटाले भने - संविधान र सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभाको विघटन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

सापकोटाले  संविधान र सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभाको विघटन गरिएको बताएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले  लेखेका छन्, 'पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।'

यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ,ु विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

सभामुख सापकोटाले राजनीतिक दलका नेता र संविधानविद्सँगको परामर्शपछि विज्ञप्ति जारी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077