Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

चितवन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

आज  साँझ रत्ननगरको निपनी चोकमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

संसद विघटनको विरोधमा माओवादी केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र त्यो असंवैधानिक कदम भएको भन्दै अन्य राजनीतिक दलहरुले पनि  विरोधमा जनाएका छन ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति  भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन । प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077