Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधव नेपाललाई बिष्णु रिजालको प्रश्न - फेरि दुई एमाले चल्लान् र ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले पार्टी संकटको डिलमा पुगेको बताएका छन्। पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने अभिव्यक्ति सार्वजनिक गरेका बेला उनले यस्तो बताएका हुन्।

पछिल्लो समय एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आन्तरिक द्वन्द बढ्दै गएपछि नेता रिजालले यस्तो बताएका हुन्।

फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास नभएको भन्दै नेता रिजालले विगतमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसी दल र विवेकशील साझासमेत नचलेको भन्दै एमाले पनि फुटेपछि चल्न नसक्ने बताएका हुन्।

एमालेभित्र लड्ने, विवाद गर्ने, आफ्नो अधिकार खोज्ने र कार्यकर्ता तहसम्म पुग्ने अधिकार सबैमा भएको भन्दै सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, 'नेकपा (एमाले) संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ- फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन । नबिर्सौं- विगतमा दुई कांग्रेस चलेनन्, दुई एमाले चलेनन्, दुई माओवादी चलेनन्, दुई राप्रपा चलेनन्, दुई मधेसी दल चलेनन्, यतिसम्म कि दुई विवेकशील साझासमेत चलेनन्। फेरि दुई एमाले चल्लान् र ? त्यसैले एमालेभित्र लड्ने, विवाद गर्ने, आफ्नो अधिकार खोज्ने र कार्यकर्ता तहसम्म पुग्ने अधिकार सबैलाई छ र यसैको उपयोग गर्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077