Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमाले नेताद्वारा आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन

    एमाले नेताद्वारा आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

    एमालेनिकट रहेका नेता राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको आयोगले बताएको छ।



    पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) रहेको बताउंदै नेता राईले भने ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’।



    २५ सदस्यीय राईको पार्टीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

    त्यस्तै, निर्वाचन आयोगमा नेकपा नाममा अर्को दल पनि दर्ताका लागि निवेदन परेको छ । स्राेतका अनुसार नेकपा लोकतान्त्रिक नामक दलले निवेदन दिए पनि आयोगले विधान संशोधनका लागि फिर्ता पठाइदिएको छ।

    उक्त दलले गोलाकार भित्र पाँचकुने तारा चुनाव चिन्ह राख्न प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार