Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • मास्कमा कालोबजारी : अधिकारी फार्मेसीका संचालक प्रहरीको फन्दामा

    मास्कमा कालोबजारी : अधिकारी फार्मेसीका संचालक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    मोरङ। मास्कको कालोबजारी गरेको अभियोगमा एक फार्मेसीका संचालक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका-९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार अधिकारीले सोही महानगरपालिका-७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका-७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ।



    पक्राउ परेका अधिकारीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार