Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

यी हुन् माधव पक्षमा रहेर पनि देउवालाई समर्थन गर्न नमान्ने सांसदहरु (नामावलीसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपाल पक्षका तीन जना सांसदहरु नेपालकै खिलाप उत्रेका छन् ।

विपक्षी गठबन्धन अन्तर्गत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न मागसहितको रिटमा उनीहरुले हस्ताक्षर गर्न नमानेपछि उनीहरु नेता नेपालको खिलापमा उत्रेको बुझिएको हो।

जसमा नेता गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नलाई हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। तर, हिजो अस्वीकार गरेका नेपाल पक्षकै अर्का नेता सुरेन्द्र पाण्डेले भने आज हस्ताक्षर गरेका छन् । रिटमा नेपाल पक्षका २३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाइएको छ ।

विपक्षी गठबन्धनले संविधानको धारा ७६(५) को प्रधानमन्त्री दाबीमा पेश गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछन् ।

यसअघि हिजो हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपानेलगायतका सांसदहरु रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077