Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

थप कडाइ, अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान तथा बीमा सेवा पनि बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले कोरोना भाइरसको संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा  थप गर्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ भने यसअघि खोलिदै आएको किराना पसल, डिपार्टमेन्टल स्टोलहरु भने बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ।

यस्तै, प्रशासनले जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द समेत बन्द गर्ने निर्णय गरेको छ। साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र संचालन हुन पाउने भएका छन् ।

ती संस्थाका सवारी साधनलाई दिउँसो चल्न नदिइने भएको छ ।


कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077