Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : समर्थन फिर्ता लिनेबारे छलफल हुँदै

    एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : समर्थन फिर्ता लिनेबारे छलफल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक आज बसेको हो ।

    सो बैठकमा २० प्रदेश सभा सदस्य सहभागी छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका रतना थापा, ग्याल्बुसिंह बोहरा र लीलाधर भट्ट तनथा माधव नेपाल समूहका चुनकुमारी चौधरी छिन् ।



    सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ ।



    माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    यस विषयमा एमालेभित्र विवाद छ । ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि नेपाल पक्ष अहिलेकै सरकारलाई समर्थन दिने पक्षमा देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार