Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेटर सन्दीप लगातार चौथो पटक सीपीएलमा अनुबन्ध

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट  खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरे । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए  । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा  सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077