Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय-चिनियाँ समकक्षीलाई पत्र र फोनमार्फत् राष्ट्रपति भण्डारीद्वारा खोप भित्र्याउन पहल

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको खोप भित्र्याउन छिमेकी दुई देश चीन र भारतका समकक्षीसँग पहल गरेकी छन्।

हिजो भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएर खोपको पहल गरेकी राष्ट्रपति भण्डारीले आज चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गर्दै खोपको पहल गरेकी हुन्।

भण्डारी र चिनफिङबीच झन्डै ४५ मिनेट कुरा भएको थियो, राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले भने, राष्ट्रपतिले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नु भएको छ।

जवाफमा चिनियाँ राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएको ढकालको भनाइ छ।  यस्तै, दुई राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताए ।

चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने अहिले नेपालमा उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077